काठमाडौं। विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले सातौं खेलमा सोमबार जोर्डनको सामना गर्दैछ ।
नेपाललाई एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना बलियो पार्न आजको खेलमा जित आवश्यक छ । यता जोर्डन भने विश्वकप छनोटओ अघिल्लो चरण तथा एसियन कपमा सिधै छनोट हुने लक्ष्यमा छ । आजको खेलमा जित हासील गरे जोर्डनले दोस्रो स्थानमा तीन अंकको अग्रता बनाउनेछ ।
समूहमा अष्ट्रेलियाको ५ खेलमा १५ अंक छ । दोस्रो स्थानमा कुवेतले ६ खेलमा १० तथा जोर्डनले ५ खेलमा १० अंक जोडेको छ । नेपालको ६ अंक हुँदा ताइपेइ अंकविहिन छ । आज नै हुने अर्को खेलमा अष्ट्रेलिया र चाइनिज ताइपेइ भिड्दैछन् । अष्ट्रेलियाले यो खेल जितेपछि समूहमा शीर्ष स्थान पक्का गर्नेछ ।
नेपाल र जोर्डनको हेड टु हेड
२३ जुलाई २०११ – हार ० –९ – विश्वकप छनोट
२८ जुलाई २०११ – बराबरी १ –१ (भरत खवास) विश्व कप छनोट
१५ अक्टुबर २०१९- हार ० –३ विश्व कप छनोट