युरोकपमा इटालीको शानदार शुरूवात

  • प्रकाशित मिति : २०७८ जेष्ठ २९, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। इटालीले १६औँ संस्करणको युरोकप फुटबलमा शानदार सुरूवात गरेको छ ।

रोममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३-० गोलले पराजित गर्दै इटालीले विजयी शुरूवात गरेको हो ।



इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक/एक गोल गरे भने एक गोल आत्मघाती उपहार मिलेको थियो ।

जितसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यस पटकको युरोकप युरोपका विभिन्न देशको ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गरिएको हो ।