युरोकपमा आज तीन खेल, कुन कुन टिम भिड्दै ?

  • प्रकाशित मिति : २०७८ जेष्ठ ३१, सोमबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (सोमबार) तीन खेलहरु हुँदैछ।

युरोकपमा आज समूह ‘डी’ को एक खेल र समूह ‘ई’ को दुई खेलहरु हुनेछ।



सोमबार हुने पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘डी’ को स्कटल्याण्ड र चेक रिपब्लिकबीचको खेल साँझ पौने बजे सुरु हुनेछ।

घरेलु मैदानमा स्कटल्याण्ड जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ। तर, बलियो टिम चेक रिपब्लिकविरुद्ध जित निकाल्न स्कटल्याण्डलाई सहज भने हुने छैन। चेक रिपब्लिक पनि जित निकाल्ने योजनामा हुनेछ।

आजै हुने दोस्रो खेलमा पोल्याण्ड र स्लोभाकिया भिड्ने छन्। समूह ‘ई’ मा रहेका पोल्याण्ड र स्लोभाकियाबीचको खेल राति पौने १० बजे बजे सुरु हुनेछ। आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछन्।

आज हुने तेस्रो खेलमा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ। युरोपियन फुटबलमा दुई पावरहाउस टोलिबीचको खेल राति पौने १ बजे सुरु हुनेछ।

समूह ‘ई’ मा रहेका स्पेन र पोल्याण्डबीचको खेल सेभियामा हुनेछ। घरेलु मैदानमा स्पेन जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ। पोल्याण्ड पनि पहिलो खेलमा घरेलु टोलीलाई स्तब्ध बनाउन चाहन्छ।

स्पेन युरोकपकै सर्वाधिक सफल टिम हो। स्पेनले तीन पटक उपाधि जितिसकेको छ। स्पेन यस पटक पनि आफ्नो गर्विलो इतिहास कायम राख्न चाहन्छ।