युरोकपमा आज तीन खेल, कुन कुन टिम भिड्दै ?

  • प्रकाशित मिति : २०७८ असार ३, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। युरो कप फुटबलमा आज पनि तीन वटा खेल हुने भएका छन् ।

नेपाली समय अनुसार साँझ पौने सातबजे समूह युक्रेन र नर्थ मेसेडोनिया आमने सामने हुने छन् ।



यी दुवै टिमले आफ्ना पहिलो खेलमा पराजय भोगेकाले आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्य लिएका छन् ।

यो समूहमा रहेका अस्ट्रिया र नेदरल्याण्ड्सले पहिलो खेलमा जित निकाल्दै तीन तीन अंक जोडेका थिए । र उनीहरु क्रमश पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

यसैगरी समूह बीमा रहेका बेल्जियम र डेनमार्कको खेल नेपाली समय अनुसार राति पौने १० बजेशुरुहुने छ ।

युक्रेन भर्सेस नर्थ मेसेडाेनिया : ६: ४५ बजे
डेनमार्क भर्सेस बेल्जियम : ९: ४५ बजे
नेदरल्याण्ड्स भर्सेस अस्ट्रिया : ००: ५४ बजे

बेल्जियम पहिलो खेलमा विजयी भएकाले लगातार दोस्रो जितका साथ अन्तिम १६ मा प्रवेश गर्ने लक्ष्यमा रहँदा डेनमार्क भने पहिलो जितकै खोजिमा हुने छ ।

बेल्जियमले पहिलो खेलमा रसियालाई पराजित गरेको थियो भने डेनमार्क फिनल्याण्डसँग पराजित भएको थियो ।

यसैगरी राति पौने १ बजे नेदरल्याण्ड्स र अस्ट्रियाबीच खेल हुने छ ।

दुवै टिमले पहिलो खेलमा जित हात पारेकाले आजपनि जित निकाल्दै अन्तिम १६ मा पुग्ने लक्ष्य लिएका छन् ।