पहिलो खेल- स्विडेन र स्लोभाकिया साँझ पौने ७ बजे
दोस्रो खेल- क्रोएसिया र चेक रिपब्लिक राति पौने १० बजे
तेस्रो खेल- इंग्ल्यान्ड र स्कटल्याण्ड राति पौने १ बजे
एजेन्सी। युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (शुक्रबार) तीन खेलहरु हुँदैछन्। युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘ई’ मा रहेको दुई टिमबीचको खेल साँझ पौने ७ बजे सुरु हुनेछ।
आज स्लोभाकिया लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २-१ गोल अन्तरले हराएको थियो। स्लोभाकिया समूहको शीर्ष स्थानमा रहेको छ।
स्विडेन भने पहिलो जित निकाल्ने योजनामा हुनेछ। स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो। स्विडेन १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्ने छन्। दुई टिमबीचको खेल राति पौने १० बजे सुरु हुनेछ।
समूह ‘डी’ मा रहेको क्रोएसिया पहिलो जित निकाल्ने योजनामा रहेको छ। पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १-० गोल अन्तरले पराजित भएको थियो। क्रोएसिया समूहको तेस्रो स्थानमा रहेको छ।
चेक रिपब्लिक भने लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० ले हराएको थियो। चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ।
आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति पौने १ बजे सुरु हुनेछ।
समूह ‘डी’ को इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ। इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ। पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई हराएको थियो।
स्कटल्याण्ड भने पहिलो जित निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा स्कटल्याण्ड चेक रिपब्लिकसँग स्तब्ध भएको थियो। अंक विहीन स्कटल्याण्ड पुछारमा रहेको छ।