प्रिमियर लिगमा युनाइटेडलाई हराउँदै आर्सनल शीर्ष चारमा

  • प्रकाशित मिति : २०७९ बैशाख १०, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। म्यानचेस्टर युनाइटेडलाई ३–१ अन्तरले पराजित गर्दै लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको सम्भावना कायम राखेको छ ।

शनिबार साँझ घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनलको जितमा नुनो टाभारेस, बुकायो साका र ग्रानिट जाकाले गोल गरे ।



युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए । ब्रुनो फर्नाण्डेजले भने पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् ।

जितसँगै आर्सनल ३३ खेलबाट ६० अंक जोड्दै शीर्ष चार भित्र रहेको छ । शीर्ष चारमा रहेर लिग टुंगाए आर्सनल आगामी च्याम्पियन्स लिगमा छनोट हुनेछ ।

एक खेल बढी खेलेको युनाइटेड ५४ अंक जोडेर छैटौं स्थानमा छ ।