यूकेमा ‘द एज ब्याण्ड’ आज ह्यारो ,भोलि स्वीन्डन र पर्सि अल्डरसटमा धमाका हुदै

  • प्रकाशित मिति : २०७९ श्रावण १३, शुक्रबार
  • नेपाल टेल संवाददाता

लन्डन । नेपालको चर्चित ब्याण्ड “द एज ब्याण्ड” कन्सर्टका लागि युके आइपुगेको छ । एचके इन्टरटेनमेन्ट ग्रुपका प्रमुख सुबाश गुरुङ लगायतले विमानस्थलमा भब्य स्वागत गरेका छन् ।

एज ब्याण्डको आजै साँझ ६ बजे देखि ह्यारो लिजर सेन्टर भब्य कार्यक्रम हुने भएको छ ,यसैगरी ३० जुलाईमा पावर लाउन्ज स्वीन्डन र ३१ जुलाईमा अल्डरसटस्थित कल्चर स्पोर्टस बार एन्ड नाइट क्लवमा हुने तयारी गरिएको आयोजकले नेपाल टेललाई जानकारी दिए ।



साझँ ६ बजेबाट शुरु हुने कार्यक्रममा द एज ब्याण्डले आफ्ना नयाँ तथा पुराना गीत सुनाउदै मनोरञ्जन प्रदान गर्ने छ ।

द एजको रक टाइपका गीत युवामाझ चर्चित छन् । यो व्याण्ड मेरो आँशु, नचाहेको हैन तिमिलाई, थाहा छैन, लेखिएका शब्द आदी गीत मार्फत नेपाली साँगीतिक फाँटमा स्थापित बनेको छ ।