लन्डन। बेलायती महारानी एलिजावेथ द्वीतीयाको निधन भएको छ । बकिङहम प्यालेसले जनाए अनुसार महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।
बिहीबार दिउँसो बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो। स्कटल्यान्डमा रहेको बामोरल क्यासलमा उनको निधन भएको हो।
उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्।
अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्। महारानी एलिजाबेथ द्वितीयाका चार छोराछोरी, आठ नाति नातिना र १२ जना पनाती पनातीना छन् ।