आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै नेपाली क्रिकेट टिम

  • प्रकाशित मिति : २०८० जेष्ठ २५, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ।

विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपालले पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्न लागेको हो ।



सो खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२:४५ बजेबाट सुरु हुनेछ ।

यसअघि घरेलु मैदानमा स्कटल्याण्डलाई हराएको नेपालले दक्षिण अफ्रिकामा पुनः अभ्यास खेल खेल्न लागेको हो ।

आगामी १८ जुनदेखि १९ जुलाईसम्म जिम्बाबेमा हुने छनोट खेलका लागि नेपाली खेलाडी अफ्रिका पुगेको हो ।