म्यानचेस्टर सिटी च्याम्पियन्स लिग च्याम्पियन

  • प्रकाशित मिति : २०८० जेष्ठ २८, आईतवार
  • नेपाल टेल संवाददाता

इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ।

शनिबार राति टर्कीको इस्तानबुलमा भएको उपाधि भिडन्तमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलले पराजित गर्दै सिटी युरोपियन च्याम्पियन बनेको हो।



सिटीको जितमा रोद्रीले खेलको ६८ मिनेटमा गरेको गोल निर्णायक साबित भयो।

यससँगै सिटीले ट्रबेल जितेको छ। यसअघि प्रिमियर लिग र एफए कपको उपाधि जितेको सिटी सन् १९९९ पछि ट्रेबल जित्ने पहिलो इंग्लिस क्लब बन्यो। पछिल्लो पटक इंग्लिस क्लबमा म्यानचेस्टर युनाइटेडले सन् १९९९ मा ट्रेबल जितेको थियो।

प्रशिक्षक पेप ग्वार्डिओलाले प्रशिक्षकको रुपमा दोस्रो क्लबबाट च्याम्पियन्स लिग जिते। उनले बार्सिलोनामा दुई च्याम्पियन्स लिग जितेका थिए।

सिटी दुई वर्षअघि पनि फाइनलमा पुगेको थियो। त्यतिबेला सिटी चेल्सीसँग पराजित भएको थियो।