शीर्ष श्रेणीको लिग खेल्न सावित्रा भण्डारी इजरायल प्रस्थान

  • प्रकाशित मिति : २०८० श्रावण १६, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न उनी मंगलबार बिहान इजरायल प्रस्थान गरेकी हुन् ।

इजरायलको हापोएल रानानाबाट लिग खेल्न लागेकी सावित्रा युरोपियन लिग खेल्न जाने पहिलो नेपाली खेलाडी बनेकी छन् ।