एसिया कपः पाकिस्तानसँग नेपाल पराजित

  • प्रकाशित मिति : २०८० भाद्र १३, बुधबार
  • नेपाल टेल संवाददाता

एसीसी एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग पराजय भोगेको छ । समूह ‘ए’ अन्तर्गत मुल्तान क्रिकेट स्टेडियममा नेपालले आयोजक पाकिस्तानसँग २३८ रनको पराजय भोगेको हो ।

३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा सबै विकेट गुमाएर १०४ रनमात्र बनायो । नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६ रन बनाए । गुल्सन झाले १३ रन जोडे ।



पाकिस्तानका लागि सदाव खानले ४, हरिस राउफ र शाहिन शाह अफ्रिदीले २/२ तथा मोहम्मद नवसज र नसिम शाहले १(१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले १५१ रन बनाए । उनले १४ चौका र ४ छक्का हिर्काए । इफ्तिकार अहमदले १०९ रन जोडे । इफ्तिकारले ११ चौका र ४ छक्का हिर्काए । मोहम्मद रिजवानले ४४ रनको योगदान गरे ।

नेपालका लागि सोमपाल कामीले २ तथा करण केसी र सन्दीप लामिछानेले एक(एक विकेट हात पारे ।