ह्यारी केनले ह्याट्रिक पूरा गर्दा जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले शानदार जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले डार्मस्टाड ९८ लाई ८-० गोलअन्तरले पराजित गरेको हो ।
बायर्नको जितमा केनले ह्याट्रिक पूरा गर्दा लेरोय साने र जमाल मुसियालाले समान २-२ गोल र थोमस मुलरले एक गोल गरे ।
जितसँगै ९ खेलबाट २३ अंक जोडेको बायर्न शीर्ष स्थानमा उक्लिएको छ । यता ८ खेलबाट २२ अंक जोडेको लेभरकुसेन भने दोस्रो स्थानमा झरेको छ ।