सिंगापुरलाई हराउँदै नेपालको विजयी सुरुवात

  • प्रकाशित मिति : २०८० कार्तिक १३, सोमबार
  • नेपाल टेल संवाददाता

आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत घरेलु टोली नेपालले शानदार सुरुवात गरेको छ ।

समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गर्दै छनोटमा विजयी सुरुवात गरेको हो ।



जितका लागि चाहिएको १ सय ४६ रनको लक्ष्य नेपालले १६ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । उनले ब४८ ल खेल्दा ८ चौका र २ छक्का हिर्काए । कप्तान रोहित पौडेलले ३५ रनको योगदान गरे ।

आशिफ शेखले २६ बलमा २७ रन बनाउँदा २ चौका र १ छक्का प्रहार गरे । सिंगापुरका लागि अनन्थ कृष्णा र अक्षय पुरीले १-१ विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

सिंगापुरका लागि रोहन रंगराजनले ४६ रन बनाउँदा आर्यविर चौधरीले ३७ रनको योगदान गरे । मनप्रित सिंहले २४ र जनक प्रकाशले ७ रन बनाए ।

नेपालका लागि अविनाश बोहराले सर्विधक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २-२ विकेट हात पारे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनायो ।

सिंगापुरका लागि रोहन रंगराजनले ४६ रन बनाउँदा आर्यविर चौधरीले ३७ रनको योगदान गरे । मनप्रित सिंहले २४ र जनक प्रकाशले ७ रन बनाए । नेपालका लागि अविनाश बोहराले सर्विधक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २-२ विकेट हात पारे ।