ह्यारी केनले ह्याट्रिक गर्दा बायर्न म्युनिखको जित

  • प्रकाशित मिति : २०८० कार्तिक १९, आईतवार
  • नेपाल टेल संवाददाता

जर्मन बुन्डेसलिगाअन्तर्गत बायर्न म्युनिखले बोरुसिया डर्टमन्डमाथि शानदार जित हात पारेको छ ।

शनिबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले बोरुसिया डर्टमन्डलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।



बायर्न म्युनिखको जितमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले ह्याट्रिक पूरा गरे । डायोट उपामेकानोले एक गोल थपे ।

जितसँगै दोस्रो स्थानमा रहेको बार्यन म्युनिखले १० खेलबाट २८ अंक जोडेको छ । शीर्ष स्थानको लेभरकुसेनको २८ अंक छ । यता बोरुसिया डर्टमन्ड भने २१ अंकसहित चौँथोँ स्थानमा रहेको छ ।