एनआरएनए यूकेमा राजेन्द्र पुडासैनी नेतृत्वको नयाँ टिमले लियो शपथ

  • प्रकाशित मिति : २०८२ श्रावण १३, मंगलवार
  • नेपाल टेल संवाददाता

लन्डन। एनआरएनए यूकेको नवनिर्वाचित १२औं कार्यसमितिले शपथग्रहण तथा पदभार ग्रहण गरेको छ । आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित अधिवेशन तथा घोषणसभामा नवनिर्वाचित अध्यक्ष राजेन्द्र पुडासैनी नेतृत्वको टिमको पदस्थापन गरिएको हो ।

शनिबार सम्पन्न अनलाइन निर्वाचनबाट चुनिएका अध्यक्षसहित खुला उपाध्यक्ष, उपाध्यक्ष (स्कटल्यान्ड), महासचिव, सचिव, आइसीसी सदस्य र इंग्ल्यान्ड राज्य परिषद अध्यक्षसहित जम्मा ७ पद तथा यसअघि नै निर्विरोध सिंगो कार्यसमितिको शपथग्रहण गराइएको हो ।



निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई शपथग्रहण गराएका थिए भने सदस्य सचिव श्याम लुईंटेलले कार्यसमितिको नाम पढेर सुनाएका थिए । निर्वाचन समितिका सदस्यहरु राजन खकुराल र विमल गुरुङले माला र प्रमाणपत्र प्रदान गरे ।

राजेन्द्र पुडासैनी नेतृत्वको नवनिर्वाचित कार्यसमितिको खुला उपाध्यक्षमा डा रक्षा थापा र उज्ज्वल कार्की तथा स्कटल्यान्ड क्षेत्रबाट रामप्रसाद कंडेल, वेल्स क्षेत्रबाट कृष्ण भण्डारी एवं नर्दन आयरल्यान्ड क्षेत्रबाट लिलाराम निउरे उपाध्यक्ष बनेका छन् । महिला उपाध्यक्ष कमला श्रेष्ठ र महासचिवमा दिवाकार पाण्डे निर्वाचित भएका छन्।

सचिवमा डिएन खराल र कृष्ण देवकोटा, महिला सचिवमा छमकला न्यौपाने पोखरेल, कोषाध्यक्षमा सरोज थापा, सहकोषाध्यक्ष दीपक तिमल्सिना, महिला संयोजकमा बिनु लामिछाने र युवा संयोजकमा वासुदेव पोखरेल निर्वाचित भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यमा लोकनाथ अधिकारी, गोपीप्रसाद सापकोटा, दीपक गैरे, विष्णुभक्त भट्टराई, दुर्गाप्रसाद काफ्ले, बालकृष्ण भुषाल, दिनेश परियार, मोहन ओली, शिवकान्त खराल, झपेन्द्र सापकोटा र प्रमोद भण्डारी छन्।

बेलायतबाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्यहरुमा विष्णु खरेल, तुंगभद्र भुषाल र छविलाल अर्याल निर्वाचित भएका छन् ।

राज्य समन्वय परिषदअन्तर्गत इंग्ल्यान्डमा राममाया विष्ट, स्कटल्यान्डमा शेर केसी, वेल्समा विकास रानाभाट र नर्दन आयरल्यान्डमा पूर्णेश्वर कंडेलको नेतृत्वमा कार्यसमिति निर्वाचित भएका छन् ।