लन्डन निवासी साहित्यकार बासु शर्माको निधन

  • प्रकाशित मिति : २०८२ श्रावण २५, आईतवार
  • नेपाल टेल संवाददाता

लन्डन । लन्डन निवासी चिरपरिचित साहित्यकार बासु शर्माको निधन भएको छ ।

ब्रेन ट्युमरबाट पीडित ६६ वर्षीय शर्माको आइतबार बिहान ६.१५ बजे स्थानीय कम्युनिटी हस्पिसमा निधन भएको हो । उनलाई गत वर्ष अप्रिलमा ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । केमोथेरापी, रेडियसन थेरापी आदि उपचार गराइरहेका शर्मा करिब ४ महिनादेखि घरमै थिए।



संखुवासभा चयनपुरका स्थायी बासिन्दा शर्मा सन् २००६ मा बेलायत आएका थिए । उनी छोरा बुहारी र श्रीमतिका साथ लन्डन वेलिङ बस्थे । उनकी छोरी भने क्यानडामा छिन् ।

स्वर्गीय शर्माको अन्त्येष्टी बेलायतमै गरिने पारिवारिक श्रोतले जनाएको छ ।