लन्डन। लन्डनमा सम्पन्न एक क्लबस्तरीय खुला बक्सिङ प्रतियोगिता नेपाली खेलाडीले जितेका छन् ।
‘द ह्वाइट कलर फाइट क्लब लन्डन’ को आयोजनामा गत शुक्रबार सम्पन्न खुला बक्सिङ प्रतियोगिताको उपाधि बाबुराम ठकुरी मल्लले जितेका हुन् । ८० केजी तौल समूहको फाइनलमा स्कटिश खेलाडीलाई पराजित गर्दै उनी विजेता बनेका हुन् ।
प्रतियोगिताका लागि प्राथमिक चरणमा क्लबबाट छनोटमा परेपछि मल्लले फाइनल खेल्ने अवसर प्राप्त गरेको जानकारी दिए । शुरुमा क्लबमा दुई वटा फाइट जितेपछि उनी फाइनलका लाग छनोटमा परेका थिए ।