सुशीलाको शपथपछि बालेनले लेखे- प्रिय Gen-Z ! तपाईँहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पायो

  • प्रकाशित मिति : २०८२ भाद्र २७, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजीको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको बताएका छन्।

आफ्नो समर्थनमा सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिएलगत्तै जेनजीको योगदानले भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्ने बताएका हुन्।



उनेले भनेका छन्‘ प्रिय Gen Z, तपाईँहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ। वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईँहरूको योगदान अमूल्य छ, जसले सधैँ भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाहरूप्रति असीम सम्मान।’

आन्दोलनमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।