लिग २ मा नेपालको लगातार चौंथो हार, यूएईले २ अंक टिप्यो

  • प्रकाशित मिति : २०८२ कार्तिक १९, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । आइसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत युएई सिरिजमा नेपाल जितविहीन बनेको छ । युएईमा भएको ४ वटै खेलमा नेपाल पराजित हुन पुग्यो । बुधबार भएको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ४ विकेटले पराजित हुन पुग्यो ।

नेपालले दिएको २४० रनको लक्ष्य पछ्याएको युएईले ४९ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा ग¥यो । युएईका मोहम्मद शाहदादले सर्वाधिक ९६ रन बनाए । उनले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।



शाहदादले मोहम्मद वासिनलाई चौथो विकेटका लागि १४७ रनको साझेदारी गरेका थिए । मोहम्मदले ७३ बलमा ७६ रन बनाएर आउट भए ।

बलिङमा नेपालका करण केसीले ३, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीले एकएक विकेट लिए ।

त्यसअघि आइसीसी एकेडेमी ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए ।

कुशल मल्ल ४५, आसिफ शेख ३४, कुशल भुर्तेल २, कप्तान रोहित पौडेल २, आरिफ शेख ३०, दीपेन्द्रसिंह ऐरी ३७, करण केसी ०, नन्दन यादव १ रनमा आउट भए । ललित राजवंशी ४ र सन्दीप लामिछाने १५ रनमा अविजित रहे ।

बलिङमा युएईलाई धु्रव पराशर, मोहम्मद जवाद उल्लाह र जुनैद सिद्दिकीले दुईदुई विकेट लिए । यो सिरिजमा नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेन ।