कीर्तिपुर क्रिकेट रंगशालाको प्याराफीट र फ्लडलाइट सरकारबाट क्यानलाई हस्तान्तरण

  • प्रकाशित मिति : २०८२ मंसिर १, सोमबार
  • नेपाल टेल संवाददाता

त्रिवि कीर्तिपुर क्रिकेट रंगशालामा निर्मित पहिलो चरणको प्याराफीट र फ्लडलाइट सरकारको तर्फबाट नेपाल क्रिकेट संघ (क्यान) लाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। आवश्यक संरचना निर्माण पूरा भएपछि सरकारका प्रतिनिधिले क्यानलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएका हुन्।

रंगशालामा १० हजार दर्शक क्षमता भएको प्याराफीट र ६ वटा अत्याधुनिक फ्लडलाइट निर्माण गरिएको छ। यी संरचना सम्पन्न भएसँगै रंगशाला अब अन्तर्राष्ट्रिय स्तरका खेल सञ्चालन गर्न सक्षम भएको क्यानले जनाएको छ।



उक्त रंगशालामा भोलि सोमबारदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिता सुरु हुँदैछ।