अमेरिकाले ३५ नेपाली डिपोर्ट गर्‍यो, म्यानमारबाट ३७ जना उद्दार गरी नेपाल पठाइयो

  • प्रकाशित मिति : २०८२ मंसिर ४, बिहीबार
  • नेपाल टेल संवाददाता

अवैध आप्रवासी व्यवस्थापन अन्तर्गत अमेरिकाले थप ३५ नेपाली नागरिकलाई डिपोर्ट गरेको छ भने म्यानमारमा अवैध रूपमा लगेर काममा लगाइएका ३७ नेपालीलाई उद्दार गरी नेपाल फिर्ता पठाइएको छ।

नेपाल प्रहरी मानव बेचविखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी विश्वराज खड्काका अनुसार, ‘अमेरिकाबाट फर्काइएका ३५ जनालाई परिवारको जिम्मा लगाएर नेपाल पठाइएको हो। यसमा एक महिला पनि समावेश छन्।’



यसैगरी, चीनियाको गिरोहले म्यानमारमा लगेर अवैध काममा लगाएका नेपालीहरूलाई त्यहाँको सरकारले उद्दार गरेको छ। थाइल्याण्ड हुँदै म्यानमारमा लगिएका ती नेपालीहरूलाई मुख्यतया साइबर स्क्यामिङमा संलग्न गराउने योजना थियो।

प्रहरीका अनुसार, दुवै घटनामा फिर्ता भएका नेपालीहरूको स्वास्थ्य परीक्षण र सुरक्षाको व्यवस्था गरी सुरक्षित रूपमा घर पठाइएको छ। मानव बेचविखन नियन्त्रण तथा अवैध आप्रवासी नियन्त्रणमा सरकारले लगातार पहल गर्दै आएको छ।