एनपीएलको आठौँ दिन आज दुई खेल हुँदै

  • प्रकाशित मिति : २०८२ मंसिर ८, सोमबार
  • नेपाल टेल संवाददाता

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार आठौँ दिन दुई रोमाञ्चक खेल हुने छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने पहिलो खेल बिहान ११ः४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच हुनेछ। दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुने तय छ।



हालसम्मको अङ्कतालिकामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स दुवैले दुई–दुई खेलमा चार–चार अङ्क जोड्दै क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। काठमाडौँ गुर्खाज तीन खेलमा दुई अङ्कसहित तेस्रो स्थानमा छ। पोखरा एभेन्जर्स भने खेलिएका दुवै खेलमा पराजित हुँदै पुछारमा रहेको छ।

मङ्सिर १ गतेदेखि सुरु भएको एनपीएलमा आठ फ्रेन्चाइज टोली — जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स — प्रतिस्पर्धामा छन्।

प्रतियोगिताको फाइनल मङ्सिर २७ गते हुने छ।