एनपीएलः आज काठमाण्डु र लुम्बिनी भिड्दै

  • प्रकाशित मिति : २०८२ मंसिर ९, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स र काठमाण्डू गोर्खाज आज प्रतिस्पर्धामा उत्रिँदै छन् । समान दुई अंक जोडेको काठमाण्डू र लुम्बिनी अंक तालिकाको क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् ।

प्रतियोगितामा लुम्बिनीको यो तेस्रो खेल हो । लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध नौ विकेटको हार व्यहोरेको थियो ।



यता, काठमाण्डूको भने यो प्रतियोगिताको चौथो खेल हो । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । तर, दोस्रो र तेस्रो खेलमा भने सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सविरुद्ध क्रमशः २९ र पाँच विकेटले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजदेखि सुरु हुने तालिका छ ।