नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ

  • प्रकाशित मिति : २०८२ मंसिर १७, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (बुधबार) पक्राउ गरेको छ। अख्तियारका स्रोतका अनुसार क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारी समेत नियन्त्रणमा लिइएका छन्।

उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डसम्बन्धी भ्रष्टाचार मुद्दा दायर प्रक्रिया अघि बढाउन पक्राउ गरिएको बताइएको छ। पक्राउ परेपछि अधिकारी र भण्डारीलाई आवश्यक म्याद थपका लागि विशेष अदालतमा पेश गरिएको स्रोतले जनाएको छ।



नलिन्चोक हेलिकप्टर काण्डबारे केही समयदेखि अनुसन्धान चलिरहेको थियो, जसअनुसार सरकारी निर्णय प्रक्रिया र आर्थिक अनियमिततामा संलग्नताको आशङ्का गरिएको छ।