लन्डन।पासा पुचः गुथि यूके–साउथ इष्ट च्याप्टरले शनिबार प्लमस्टिडस्थित गोर्खा क्याप्रीकर्न क्लबमा नेवा समुदायको महत्वपूर्ण पर्व योमरी पुन्ही उत्साहपूर्वक मनाएको छ। सोनी श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा स्थानीय नेवा समुदायको उल्लेख्य सहभागिता थियो।
कार्यक्रममा आयोजित योमरी बनाउने प्रतियोगितामा सकुन्तला ताम्राकार प्रथम, चञ्चला श्रेष्ठ दोस्रो र जुनु कोजु श्रेष्ठ तेस्रो बने। योमरी खाने प्रतियोगितामा सत्य प्रसाद प्रजापति विजेता घोषित भए।
बनाउने प्रतियोगितामा १० र खाने प्रतियोगितामा ७ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए।
कार्यक्रम महासचिव ईश्वर महर्जनले सञ्चालन गरेका थिए। च्याप्टर अध्यक्ष सुरोज मास्केले सहभागी तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै पर्वको सांस्कृतिक महत्वबारे प्रकाश पारे।
पूर्व अध्यक्ष सुशील प्रजापति अनुसार च्याप्टरले योमरी पुन्ही विगत १४ वर्षदेखि मनाउँदै आएको छ भने रेडिङ च्याप्टरले सन् २०२२ देखि यो पर्व मनाइरहेको छ।