शुक्रबारको प्रतिकूल मौसमका कारण देशभर आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन्।
बुद्ध एयरका अनुसार जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज उडान नै हुन सकेको छैन।
तराई भेगमा बाक्लो हुस्सुले भिजिबिलिटी नपुग्दा उडान र अवतरण दुवै प्रभावित बनेको छ। यस कारण हजारौं यात्रु प्रभावित भएका छन्।