कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फेरि बस्ने

  • प्रकाशित मिति : २०८२ पुष ९, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ।

केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको बैठक सकिएको र भोलि दिउँसो १ बजे पुनः बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।



उनका अनुसार बैठकमा पार्टीको महाधिवेशन कार्यतालिका तथा क्रियाशील सदस्यतासम्बन्धी हालसम्म भएको प्रगतिबारे छलफल गरिएको थियो। ‘महाधिवेशन कार्यतालिका र क्रियाशील सदस्यताको प्रगति सन्दर्भमा कार्यबाहक सभापतिले आफ्नो धारणा राख्नुभयो,’ प्रवक्ता महतले भने।

बैठकमा सहभागी नेताहरूले अन्य केही विषयमा पनि टिप्पणी गरेका छन् र ती विषयमा छलफलको क्रम भोलि पनि जारी रहने उनले बताए।