झापामा बुद्ध एयर जहाज दुर्घटनापछि काठमाडौँबाट जाँदैछ प्राविधिकसहितको टोली

  • प्रकाशित मिति : २०८२ पुष १९, शनिबार
  • नेपाल टेल संवाददाता

झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको विमानबारे अध्ययन गर्न प्राविधिकसहितको टोली त्यसतर्फ जाँदैछन् ।

शुक्रबार राति ९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।



दुर्घटनामा परेपछि नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देव चन्द्र लाल कर्ण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौला, बुद्ध एयरको उच्च व्यवस्थापन, नेपाली सेना तथा उद्दारकर्मी र इन्जिनियर प्राविधिक सहितको टोलि अहिले चन्द्रगढी उड्दै छन् ।

प्रस्थानको तयारी भैरहेको महाप्रबन्धक सिटौलाले जानकारी दिए । दुर्घटनाबारे प्राविधिक टोलिले चेकजाँच गर्ने छ । त्यसपछि दुर्घटनाको सम्भावित कारण र जहाजको अवस्था बारेसमेत जानकारी हुनेछ ।

जहाजमा ५१ जना सवार रहेको र सबै सकुशल रहेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।