बेलायतमा १७ जनवरीमा युनाइटेड तामाङ घेदुङ यूकेले संयुक्त ल्होछार कार्यक्रम गर्ने

  • प्रकाशित मिति : २०८२ पुष २७, आईतवार
  • नेपाल टेल संवाददाता

लन्डन । युनाइटेड तामाङ घेदुङ यूकेले यही १७ जनवरी २०२६ शनिबारका दिन बेलायतमा संयुक्त ल्होछार कार्यक्रम गर्ने भएको छ ।

ता ल्हो २८६२ सोनाम ल्होछारको अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुतिसहित समारोह आयोजना गरिने घेदुङले जानकारी दिएको छ । कार्यक्रम ह्यारोस्थित ह्यारो लिजर सेन्टर क्रिस्ट चर्चमा मध्याह्न १२ बजेदेखि हुने छ ।



कलाकारहरु टुंग्याउने प्रक्रियामा रहेको आयोजकको भनाइ छ । कार्यक्रमको आकर्षणमा लाइभ म्युजिक, मौलिक तथा विभिन्न खाना, नृत्य र डिजे रहनेछन् ।

प्रथम पुरस्कार १ तोला सुनसहितको भाग्योदय चिट्ठा (राफल ड्र)समेत खेलाइने छ । कार्यक्रम सहभागी हुन अनलाइनमार्फत अग्रिम टिकट लिएमा वयस्क ३५ पाउन्ड, ज्येष्ठ नागरिक र अन्तर्राष्ट्रिय विद्यार्थीका लागि प्रतिव्यक्ति ३० पाउन्ड रहेको छ । ६-१२ उमेर समूहका बालबालिकालाई भने २० पाउन्डमात्रै लाग्ने जनाइएको छ ।

कार्यक्रमको गेटबाट भने हरेकमा थप ५ पाउन्ड चार्ज लिइने छ । ६ भन्दा तलका बालबच्चालाई भने नि:शुल्कको व्यवस्था रहेको आयोजकले जनाएको छ ।