विश्वप्रकाशले भने- बदलिएको समयानुकूल कांग्रेसले आफूलाई बदल्नु छ

  • प्रकाशित मिति : २०८२ पुष २७, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो देशलाई समुन्नतिको उचाइमा लिएर जान कांग्रेसलाई बदल्न सक्ने अठोट रहेको उद्घोष गरेका छन् ।

नेपाली कांग्रेसको दोस्रो महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले समय अनुकूल कांग्रेलाई परिवर्तन गर्नका लागि विशेष महाधिवेशनको मैदानमा उभिएको बताए ।



शर्माले भने- ‘देशको समयलाई कुनैबेलामा कांग्रेसले आफू अनुकूल बदलेको थियो, आज बदलिएको समयानुकूल कांग्रेसले आफूलाई बदल्नु छ त्यसका लागि हामी विशेष महाधिवेशनको मैदानमा खडा भएका छौं ।’