गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा

  • प्रकाशित मिति : २०८२ पुष २८, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् ।

देउवा निवासमा भएको संस्थापन पक्षको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महामन्त्रीद्वयसँग सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूले संवाद गर्ने बताए ।



महामन्त्रीद्वयसँग संवाद गर्न सभापति देउवा पनि तयार भइसकेको भन्दै आजै छलफल हुने बताए । पार्टी एकता कायम राख्नको लागि दुवै पक्ष लचिलो रहेको उनले बताए ।