कांग्रेस विशेष महाधिवेशन निर्वाचन : मनोनयन दर्ताको समय थप

  • प्रकाशित मिति : २०८२ पुष ३०, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ताको समय थप गरिएको छ ।

नेपाली कांग्रेसको विधान, नियमावली तथा विशेष केन्द्रीय महाधिवेशन कार्यविधि र निर्वाचन निर्देशिका बमोजिम यसअघि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार निर्वाचन काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न हुने तय भएको छ । सोहीअनुसार मनोनयन पत्र दर्ताका लागि थप समय उपलब्ध गराइएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।



समितिका अनुसार बुधबार बिहान ८ः१५ बजेदेखि ९ः१५ बजेसम्म भृकुटीमण्डप, काठमाडौँमा मनोनयन पत्र दर्ता गर्न सकिनेछ ।

केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम के.सी. र सदस्यहरू अशोक कुमार पोखरेल तथा गोकर्णराज बञ्जाडेले संयुक्त रूपमा जारी गरेको सूचनामा सम्बन्धित सबैलाई तोकिएको समयभित्र उपस्थित भई मनोनयन दर्ता गर्न आग्रह गरिएको छ ।

नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुने निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको समितिले जनाएको छ ।