हालसालै सार्वजनिक भएको एक बेलायती गुप्तचरी रिपोर्टले नेपालले भारतबाट अलग भएर बन्ने नागाल्यान्डको लागि साथ दिएको खुलासा गरेको छ ।
अमेरिकी कूटनीतिक पोर्टल डिप्लोम्याटले दिएको जानकारीअनुसार सन. १९६२ अर्थात् नेपालको प्रथम जननिर्वाचित सरकार ढालिएपछि बनेको महेन्द्रको सत्ताले संयुक्त राष्ट्रसंघमा नेपालको तर्फबाट नागल्यान्ड अलग देश हुने अवस्था आएमा साथ दिने बताएको उल्लेख गरिएको छ ।
एक पश्चिमा नागरिक जर्ज प्याटर्सनले त्यसको जानकारी दिएका हुन् ।
नागाल्यान्डका नेताले एल साल्भादोरको पासपोर्ट बोकेर तत्कालीन पूर्वी पाकिस्तान अर्थात् अहिलेको बंगलादेशबाट बेलायत पुगेपछि यो गोप्य सूचना खुलेको बताइएको छ ।
डिप्लोम्याटमा नेपालको सोभियत संघ र चीनसँगको कूटनीतिक सम्बन्ध बनाउन खोज्दा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले साथ नदिएपछि नेपालको यस्तो भनाइ आएको डिप्लोम्याटमा उल्लेख गरिएको छ ।