घले समाज यूकेले गर्‍यो अन्तर्राष्ट्रिय पदक विजेता सरिना घलेलाई सम्मान

  • प्रकाशित मिति : २०८२ माघ ७, बुधबार
  • नेपाल टेल संवाददाता

लन्डन । घले समाज यूकेले अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफु खेलाडी सरिना घलेलाई नगदसहित सम्मान गरेको छ ।

गोर्खा अभियन्ता पुष्पा राणा घले र समाजका अध्यक्ष रिटायर्ड मेजर विष्णुबहादुर घलेले सरिनालाई ल्होछारको उपलक्ष्यमा यूकेमै आयोजित कार्यक्रममा नगद ४ सय पाउन्डसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । देशको प्रतिष्ठा र गौरव बढाएकोमा सरिनालाई सम्मान गरिएको गरिएको हो ।



सरिनाले यूकेमा भएको २ अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । सरिनाले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिप तथा डब्लुएमएसी इङलिस च्याम्पियनसिपमा स्वर्ण जितेकी हुन् ।

यसअघि सरिनालाई सोही सफलताको कदर गर्दै तमु धीं यूके, मगर संघ यूके, धादिङ–नुवाकोट समाज यूके र एनआरएनए यूकेले पनि सम्मान गरिसकेको छ ।

नुवाकोट किस्पाङ गाउँपालिका १ की तेश्रो डान सरिना युकैमै मास्टर्स अध्ययन गरिरहेकी छन् ।