निर्वाचन अनुगमनका लागि आयोगद्वारा देशभर टोली परिचालन

  • प्रकाशित मिति : २०८२ फाल्गुन १९, मंगलवार
  • नेपाल टेल संवाददाता

निर्वाचन अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन भएको छ ।

आयोगले मंगलबार विज्ञप्ति जारी गरी देशैभर अनुगमन टोली खटाएको जनाएको हो ।

आयोगले काठमाडौँ उपत्यका तथा उपत्यकाबाहिरका अन्य केही जिल्लाहरुमा निर्वाचन अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय अनुगमन टोली समेत बनाएको छ ।



यसअघि आयोगले विभिन्न जिल्लाहरुमा निर्वाचनपूर्वको अनुगमन गरी प्राप्त तथ्यको अधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरुलाई ध्यानाकर्षण गराइसकेको छ ।