ल्हेगें तमु समाज यूकेको वार्षिक भेटघाट २३ मेमा

  • प्रकाशित मिति : २०८२ फाल्गुन २७, बुधबार
  • नेपाल टेल संवाददाता

फार्नबोरो । ल्हेगें तमु समाज यूकेको नवौँ वार्षिक दाजुभाइ तथा चेलीबेटी भेटघाट कार्यक्रम २३ मे शनिबारका दिन हुने भएको छ ।

फार्नबरोस्थित स्यामुएल कोडी स्कुलमा दिउँसो १२ बजेदेखि राति १० बजेसम्म कार्यक्रम हुने भएको हो ।



यूकेमा बसोबास गर्ने सबै ल्हेगें आमाबुबा, दाजुभाइ, चेलीबेटी, छोराछोरी तथा भान्जा भान्जीहरूलाई कार्यक्रममा उपस्थित भई भेटघाट, आपसी चिनजान र सम्बन्ध सुदृढ गर्न समाजका सचिव मनोज ल्हेगें गुरुङले अनुरोध गरेका छन् ।

कार्यक्रमले यूकेमा रहेका ल्हेगेंहरूबीच आपसी एकता, भाइचारा र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुर्‍याउने समाजको विश्वास छ ।
कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिसमेत रहनेछ ।