नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन्।
सिङ्गापुरमा नियमित उपचार सकिएपछि थप स्वास्थ्य उपचारका लागि हङकङ गएको देउवा सचिवालयले जनाएको छ।
सचिवालयले भनेको छ, ‘सिङ्गापुरमा नियमित उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन उहाँ हङकङ जानु भएको हो।’
हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम तय भएको जनाइएको छ।
देउवा फागुन १४ गते उपचारको लागि भन्दै सिंगापुर गएका थिए।