असोजमा नियमित महाधिववेशन गर्ने कांग्रेसको तयारी, भोलीको वैठकमा प्रस्ताव पेश हुने

  • प्रकाशित मिति : २०८२ चैत्र १०, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसले आगामी असोजमा नियमित महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । भोलीको केन्द्रीय समिति वैठकमा यसबारे प्रस्ताव पेश हुने एक पदाधिकारीले जानकारी दिए ।

सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको कांग्रेस उनकै नेतृत्वमा महाधिवेशनमा जान लागेको हो । भोली बस्ने वैठकको अध्यक्षता थापाले नै गर्नेछन् ।



कांग्रेसले गत पुसमा मात्रै विशेष महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

निर्वाचनमा पराजय पश्चात थापाले राजीनामा दिएका थिए, जुन अस्वीकृत भयो ।