पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोग (कार्की आयोग)को प्रतिवेदनबारे अभिव्यक्ति दिएका छन् ।
भट्टराईले आयोगको प्रतिवेदन पढेपछि तत्कालीन सरकारले गम्भीर गल्ती गरेको औँल्याएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२३ गते तत्कालीन सरकारमा रहेकाहरूको गम्भीर गल्ती देखिन्छ । टीओबी समूहले आन्दोलन भड्काउन नियोजित भूमिका खेलेको देखिन्छ ।’
त्यस्तै, उनले २४ गते राज्यका सबै अङ्गहरू कोल्याप्स भएको प्रस्ट बुझिएको उल्लेख गरेका छन् । ‘त्यसमा मुख्यत: युथ अगेन्स्ट क्रप्सन, युवा हब, हामी नेपालले २२ गतेदेखि नै डिस्कोर्ड सर्भिसमार्फत तयारी गरेको विस्तृत विवरण प्रतिवेदनमा उल्लेख छ । यसमा विशेषतः सुधन गुरुङको भूमिकालाई प्रतिवेदनले महत्त्वका साथ उल्लेख गरेको छ’, भट्टराईले खुलाएका छन् ।
देश र जनताको हितमा यो प्रतिवेदनलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने र नयाँ इतिहास रच्ने कि पुरानै दुःखद इतिहास दोहोर्याउने त्यो अब बन्ने रास्वपा सरकारको हातमा रहेको उनको भनाइ छ ।