रमेश लेखक पक्राउ पर्दै, निवासमा पुग्यो प्रहरी

  • प्रकाशित मिति : २०८२ चैत्र १४, शनिबार
  • नेपाल टेल संवाददाता

पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले नियन्त्रणमा लिने भएको छ । केहीबेरअघि कटुन्जेस्थित लेखकको निवासमा पनि ठूलो संख्यामा प्रहरी पुगेको छ ।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तीनै तहका सुरक्षाकर्मीहरू सो क्षेत्रमा खटिएका छन् ।



उता, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा पनि बाक्लो संख्यामा प्रहरी पुगेको छ । एमाले नेतृ रामकुमारी झांक्रीका अनुसार, प्रहरीहरू कागजातसहित गुण्डु पुगेका हुन् ।

यद्यपि ओली राति २ बजेमात्रै सुतेका कारण केहीबेर आराम गर्न दिइएको उनले बताइन् ।

उता, लेखकलाई पनि आजै नियन्त्रणमा लिने तयारी सरकारले गरेको हो ।