संसद्को कार्यदिशा तय गर्न सङ्घीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

  • प्रकाशित मिति : २०८२ चैत्र १८, बुधबार
  • नेपाल टेल संवाददाता

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसद्को नयाँ यात्रा सुरु गर्न संघीय संसद् सचिवालयले सक्रियता बढाएको छ । सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले आज दिउँसो १ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलहरूको महत्वपूर्ण बैठक आह्वान गरेका हुन् ।

महासचिव पाण्डेका अनुसार, सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको उनको कार्यकक्षमा बस्ने यो बैठकले नयाँ प्रतिनिधिसभाको आगामी कार्यसूची र सञ्चालन मोडालिटीबारे ठोस छलफल गर्नेछ । निर्वाचनबाट नयाँ शक्ति सन्तुलन कायम भएको छ, अब संसद्लाई कसरी व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउने भन्नेबारे दलहरूसँग परामर्श गर्न बैठक बोलाइएको हो, महासचिव पाण्डेले जानकारी दिए ।



यस पटकको निर्वाचनबाट ६ वटा राजनीतिक दलले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् ।

निर्वाचनपछि पहिलो पटक औपचारिक रूपमा बस्न लागेको यो सर्वदलीय बैठकलाई नयाँ सरकार गठन र संसदीय अभ्यासको ुप्रस्थान विन्दुको रूपमा हेरिएको छ ।