नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस भित्र देखिएको विवाद संवादबाट समाधान गर्न सकिने बताएका छन्।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै पक्षको आत्मसम्मान कायम हुने गरी सहमतिमा पुग्नुपर्ने बताए। गगन थापा र विश्वप्रकाश शर्मा समूहसँग सहकार्य सम्भव भए पनि ‘झुकेर होइन, संवादबाट’ सहमति गर्नुपर्ने उनको धारणा छ।
कोइरालाले कांग्रेसलाई कमजोर बनाउने योजनाअनुसार केही नेताहरू प्रयोग भइरहेको आरोप पनि लगाए। ‘कन्ट्रोल्ड डेमोक्रेसीको अभ्यास भइरहेको छ,’ उनले भने। यसैबीच, शेरबहादुर देउवा र कोइराला पक्षका नेताहरूबीच धुम्बाराहीमा छलफल जारी रहेको छ।