पूर्णबहादुरलाई भेट्न गोल्फुटार पुगे गगन : पार्टी एकताको साझा यात्रामा सामेल हुन आग्रह

  • प्रकाशित मिति : २०८३ बैशाख ७, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको वृहत्तर एकताका लागि पहल सुरु गरेका छन् । थापाले आज साँझ निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्कासँग संवाद गरका छन् । थापा खड्कालाई भेट्न खड्का निवास गोल्फुटार पुगेका थिए ।

पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेटेको सभापति थापाले बताए । ‘पार्टीको वृहत्तर एकताका लागि सिनियर नेताहरुसँग संवाद सुरु गरेको छु’, थापाले भने ।



सभापति थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् ।

पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आम कांग्रेसी नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।