बेलायतको अल्डरसटबाट हराइरहेकी एक नेपाली वृद्धा अन्ततः सकुशल फेला पारेकी छन् ।
सोमबारदेखि सम्पर्कविहिन ८१ वर्षीया ती वृद्धा मंगलबार राती सकुशल फेला परेको जानकारी स्थानीय ग्रेटर रश्मोर नपाली कम्युनिटीले दिएको छ ।
मंगलबार बेलुका अल्डरसट क्षेत्रबाटै प्रहरीले उनलाई फेला पारेको हो । उनी अहिले सकुशल अवस्थामा छन् र उनलाई सुरक्षित स्थानमा राखिएको छ ।
यसअघि ती वृद्धा सोमबार २० अप्रिलबाट अल्डरसट हाई स्ट्रिट क्षेत्रबाट सम्पर्कविहीन भएको जनाइएको थियो ।
वृद्धा सम्पर्कविहिन भएपछि स्थानीय प्रहरीले उनको खोजी शुरु गरेको थियो । ग्रेटर रश्मोर कम्युनिटीको आव्हानमा स्थानीय नेपाली समुदायले पनि वृद्धाको खोजीमा सहयोग गरेको थियो ।