कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन, १५-१५ दिनमा प्रमाणित गर्नुपर्ने

  • प्रकाशित मिति : २०८३ बैशाख १०, बिहीबार
  • नेपाल टेल संवाददाता

सरकारले कर्मचारीलाई विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन दिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो ।



मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई पत्राचार गर्दै कार्यालयमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेखिकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

उक्त व्यवस्था कार्यान्वयन नभएको अवस्थामा कर्मचारीको दैनिक उपस्थिति (आएको र गएको समय) को विवरण अनिवार्य रूपमा विद्युतीय हाजिरी प्रणालीमार्फत नै अभिलेख गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।

साथै प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर कार्यालयमा सुरक्षित रूपमा राख्न पनि मन्त्रालयले भनेकाे छ ।