सर्वोच्च अदालतले २ घण्टा ढिला गरेर दैनिक मुद्दाको पेसी सूची निकालेको छ । आजको पेसीमा प्रधान न्यायाधीशमा सिफारिस मनोजकुमार शर्मा र कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको भने इजलास तोकिएको छैन ।
वरीयता र स्थापित परम्परा मिचेर प्रधान न्यायाधीशमा चौथो वरीयताका मनोजकुमार शर्माको नाम सिफारिस भएको असर सर्वोच्च अदालतको पेसी व्यवस्थापनमा देखिएको हो ।
पछिल्लो समय साढे ९ देखि पौने १० भित्र दैनिक पेसी सूची सार्वजनिक हुनेगरेको भए पनि आज पौने ११ बजेमात्र सर्वोच्चको वेबसाइटमा पेसी सूची चढेको हो ।