विद्यार्थी संगठनमाथि प्रतिबन्ध नलगाउन सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

  • प्रकाशित मिति : २०८३ बैशाख २८, सोमबार
  • नेपाल टेल संवाददाता

सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित विभिन्न विद्यार्थी संगठनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सो निर्णय कार्यन्वयन नगर्न भनेको हो ।



न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेश दिन पर्ने वा नपर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई झिकाएको छ ।