कानुनमन्त्रीद्वारा संसदमा तीन अध्यादेश पेस

  • प्रकाशित मिति : २०८३ बैशाख २८, सोमबार
  • नेपाल टेल संवाददाता

प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन मन्त्री सोविता गौतम ले तीन वटा अध्यादेश पेस गरेकी छन्।

उनले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश तथा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश संसदमा पेस गरेकी हुन्।



सरकारले यी अध्यादेशमार्फत सम्बन्धित कानुन संशोधन गरी सेवा प्रवाहलाई अझ सहज बनाउने अपेक्षा गरेको छ।