भिक्टोरिया डे-२०२६ मा उपस्थित हुन जीआरएनसीको अनुरोध

  • प्रकाशित मिति : २०८३ जेष्ठ १, शुक्रबार
  • नेपाल टेल संवाददाता

लन्डन । ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले ‘भिक्टोरिया डे’ कार्यक्रममा सहभागी हुन अपिल गरेको छ ।

जीआरएनसीले आगामी ६ जुनमा अल्डरसटमा मनाउन लागेको उक्त कार्यक्रममा उपस्थित हुन नेपाली समुदाय र संघसंस्थालाई अनुरोध गरेको हो । कार्यक्रम अल्डरसटस्थित प्रिन्सेस हलमा हुनेछ ।



कार्यक्रम नेपाली संस्कृति र पहिचानलाई रस्मूर समुदायसमक्ष प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर भएको जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबोले जानकारी दिइन् ।

सहभागीलाई नेपाली परम्परागत पोसाक वा सोही विषयअनुसारको पहिरनमा उपस्थित हुन आग्रह गरिएको छ । सहभागी हुन इच्छुक संघसंस्थालाई २९ मेभित्र सहभागी संख्यासहित सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

कार्यक्रममा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । जीआरएनसी यूकेले हरेक वर्ष भिक्टोरिया डे मनाउँदै आएको छ ।

नेपाली कल्चर पहिचान प्रदर्शनको साथ जन्मभूमि नेपालको निम्ति पर्यटन प्रवर्द्धनमा केही टेवा पुर्‍याउने उद्देश्यसहित कार्यक्रम आयोजना गर्दै आएको छ ।

जीआरएनसी यूके सन् २००३ मा स्थापना भएको हो ।